Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा पूर्व जनमुक्ति सेनाहरुलाई सम्मान

सोमबार, चैत १२, २०८०
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले द्वन्द्व प्रभावित पूर्व जनमुक्ति सेनाहरुलाई सम्मान गरेको छ । 

नगरपालिकाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि तत्कालिन जनुमुक्ति सेनालो गरेको योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ ।

चौरजहारी नगरपालिका भित्र करिब १२० जना पूर्व जनमुक्ति सेनाहरु रहेको र उपलब्ध भएकाहरुलाई दोसल्ला, प्रमाणपत्र, अबिर लगाएर सम्मान गरिएको नगर प्रमुख पुष्प बादीले जानकारी दिनुभयो । 

चौरजहारी नगरपालिकामा सिएमसी नेपालको सहयोगमा सञ्चालित मनोसामाजिक परामर्श सेवा कार्यक्रम अन्तर्गत पूर्व जनमुक्ति सेनाहरुको सामाजिक पूनस्र्थापनालाई मध्यनजर गर्दै सम्मान गरिएको हो । 

तत्कालिन द्वन्द्वरत पक्षहरु बिचको बैमनश्यता र मनमुटाब कम गर्ने, विगतका तिक्तताहरु मेटाउने गरेर सहभोज कार्यक्रम आयोजना गरिएको र त्यसको अवसरमा द्वन्द्व प्रभावित पूर्व जनमुक्ति सेनाहरुलाई सम्मान गरिएको नगर प्रमुख बादीले बताउनुभयो ।  

कार्यक्रममा पूर्व जनमुक्ति सेनाका तर्फबाट गंगाराम पोखरेल (जीवन)ले तत्कालिन जनमुक्ति सेनाहरुको दिगो व्यवस्थापनले मात्र शान्ति प्रक्रियाका बाँकि कार्यहरुले पूर्णता पाउने बताउनुभयो । उहाँले राज्यले पूर्व जनमुक्ति सेनाको योगदानलाई भुल्न नहुने उल्लेख गर्नुहुँदै उहाँले जनमुक्ति सेनाहरु रोजगारीको अभावमा भौतारिनु पर्ने अवस्थाको अन्त्य गरिनुपर्ने जनाउनुभयो । पूर्व जनमुक्ति सेनाहरुलाई स्वरोजगार र आयआर्जनका काममा लगाउन आवश्यक रहेको समेत पोखरेलले बताउनुभयो । 

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले नगरपालिकाले तत्कालिन द्वन्द्वरत पक्षहरु बिच सामाजिक सद्भाव, एकता र मेलमिलाप गर्ने विभिन्न खालका कार्यक्रम गर्दै आएको बताउनुभयो । त्यसक्रममा सहभोग कार्यक्रम र सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।

434037531_2718095171676654_4749787900392332971_n1711357695.jpg

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्