Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बालिका बलात्कारको आरोपमा मुसिकोटका पारस पक्राउ

सोमबार, चैत १२, २०८०
tribeni2

रुकुम पश्चिममा बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा मुसिकोट नगरपालिका -१३ का २४ वर्षिय पारस कसेरालाई पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार कसेराले परिवर्तित नामथर ५४ रुकुम पश्चिम ८० (२६) लाई मुसिकोट नगरपालिका –१ सल्लेमा रहेको एक होटेलमा लगेर जबरजस्ती करणी गरेको जाहेरीपश्चात पक्राउ गरिएको हो । 

कसेराले चैत ५ गतेका दिन ललाई फकाई गरेर होटेलको कोठा नम्वर १ मा लिएर बलात्कार गरेको उजुरी परेको हो । पक्राउ परेका कसेरा बिरुद्ध आज सोमबार जबरजस्ती करणी मुद्धा दर्ता गरेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकरी दिनुभयो । 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्