Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

क्षयरोगका बिषयमा पत्रकारहरुसँग अन्तरक्रिया, आठ महिनामा थपिए ११२ जना क्षयरोगका बिरामी

सोमबार, चैत १२, २०८०
tribeni2

रुकुम पश्चिममा विश्व क्षयरोग दिवसको अवसरमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय र मुसीकोट नगरपालिकाको सयुंक्त आयोजनामा खंलगामा कार्यक्रम सम्पन्न भएको हो 

अन्तरक्रियामा जिल्लामा क्षयरोगको अवस्था, रोग नियन्त्रणको लागि सरोकारवालाहरुले गरेको क्रियाकलापको विषयमा जानकारी गरिएको छ । जिल्लामा क्षयरोगको अवस्थामा स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी गराउनुभएको थियो । 

रुकुम पश्चिम क्षयरोगका विरामि भएको जिल्लामा कर्णाली प्रदेशको तेस्रोमा पर्छ । आर्थिक बर्ष ०७५/७६ मा १३० जना, ०७६/७७ मा १६९ जना, आर्थिक बर्ष ०७७/७८ मा १३२ जना, ०७८/७९ मा १७६ जना, ०७९/८० मा १६९ जनामा र चालु आर्थिक वर्ष ०८०/८१ को फागुनसम्म ११२ जना क्षयरोगका विरामि रहेको खोप सुपरभाईजर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लामा चालु आर्थिक वर्षको फागुन सम्म क्षयरोग देखिएका मध्य ९५ प्रतिशतको उपचार भैरहेको र औषधि सेवन गरिरहेका छन् । त्यस्तै सोहि अवधिमा २ जनाको क्षयरोगका कारण ज्यान गएको खोप सुपरभाइजर अधिकृत खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सम्पुर्ण क्षयरोगका विरामिहरु स्वास्थ्य संस्थाको पहुचमा रहेका छन् । 

c244e70c-09f8-47dc-a199-57e93beccb891711365762.jpeg

जिल्लामा ३२ वटा स्वास्थ्यसंस्थामा क्षयरोगको उपचार तथा औषधि वितरण हुने स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी तथा जनस्वास्थ्य निरिक्षक कालिबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार चार स्थानबाट माईक्रोस्कोप र एक स्थानबाट जिनएक्पर्टबाट क्षयरोगको परिक्षण हुने गर्छ । माईक्रोस्कोपबाट फोक्सोमा हुने क्षयरोगको परिक्षण हुने भए पनि अन्य अंगमा हुने क्षयरोगको परिक्षण भने  जिनएक्पर्टबाट हुने गर्छ । 

जिल्ला अस्पताल, आठविसकोट नगर अस्पताल, चौरजहारी मिसन अस्पताल र सहिद नगर अस्पतालबाट माईक्रोस्कोपबाट क्षयरोगको परिक्षण हुने गरेको छ भने जिनएक्पर्ट मेसिनबाट जिल्ला अस्पताल सल्लेमा मात्र क्षयरोग परिक्षण हुने गरेको छ । 

मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय र मुसीकोट नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रमको संचालन नगरपालिका स्वास्थ्य शाखा प्रमुुख बेदराम ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्