Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीकाे ज्ञान ज्योती युवा क्लबद्वारा ८० घरपरिवारलाई राहत प्रदान

सोमबार, चैत १२, २०८०
tribeni2

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर १० मा रहेको ज्ञान ज्योती युवा क्लबले भूकम्प प्रभावित परिवारहरुलाई राहत सामाग्री वितरण गरेको छ । 

क्लबले सोहि स्थानको टोट्के टोलका ८० घर भूकम्प प्रभावित परिवारलाई राहत उपलब्ध गराएको हो । क्लबका अध्यक्ष मनोज खड्काका अनुसार भूकम्प प्रभावित परिवारहरुलाई बलाङ्केट र म्याट उपलब्ध गराईएको हो ।

भूकम्प प्रभावित परिवारहरुलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्धेश्यका साथ राहत सामाग्री उपलब्ध गराईएको अध्यक्ष खड्काले बताउनुभयो । अन्य परिवारहरुको लागि समेत राहत सामाग्रीको लागि सहयोगी निकायहरुसँग समन्वय भईरहेको अध्यक्ष खड्काले उल्लेख गर्नुभयो । 

433975776_456355056830077_8170835963536397432_n1711378866.jpg

क्लबले गाउँमा गोरेटो बाटो निर्माण, सरसफाई, बिपन्न परिवारहरुलाई सहयोग समेत गर्दै आईरहेको छ । 

राहत वितरण कार्यक्रममा वडा नम्वर १० का वडा सदस्य शेर बहादुर ओली, क्लबका सल्लाहकारहरु प्रेम प्रकाश खड्का,  केशव खड्का  क्लबका उपाध्यक्ष नवीन केसी,  सह सचिव राजु केसी, सदस्यहरु निमा खडका, टिकाजङ केसी, निरुता ओली र कवि कुमार ओली लगायतको उपस्थिति रहेको थियो । 

राहत प्राप्त गरेपछि भूकम्प प्रभावितहरुले खुशि व्यक्त गरेका छन् । 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्