Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कमलदह नजिकैबाट पेस्तोल बरामद

सोमबार, चैत १२, २०८०
tribeni2

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले एक थान अवैध पेस्तोल बरामद गरेको छ । 

सोमबार बेलुका साढे ६ बजे प्रहरीले सिस्ने गाउँपालिका ५ स्थित कमलदह नजिकैको जंगलमा रहेको ढुंगाको ओढारमा लुकाई राखेको पेस्तोल बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार बेवारिसे अवस्थामा फेला परेको उक्त पेस्तोलमा खिया लागेको कारण नाम स्पष्ट बुझिएको छैन । 

उक्त अवैध पेस्तोललाई रित पूर्वक बरामद गरी कार्यालयमा ल्याएर थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

433440323_967243701586777_214660177033629212_n1711381546.jpg

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्