सोसल मिडिया
कविता : त्यो युद्ध र सपनाहरु
प्रिय भालुबाङ ! राप्तिको किनारामा उभिएर भालुबाङको पुललाई नियाल्दै बंकरमाथी धावा बोलेको स्मरण गर्दै मथुराडाँडाको त्यो महाभिडन्त अनि जल्लादहरुमाथिको साहसिक बिजय सम्झेको छु ।
बतासेडाँडाको एम्बुसपछि घाइते सहयोद्धाको साथमा छेडिएको नाडीको घाउमा पट्टि बाधेर दुश्मनको हवाइ आक्रमण छल्दै धानखोलाबासी नागरिकको बहादुरी हवाइ आक्रमण अनि बख्तरबन्दको प्रवाह नगरि युद्धको हिस्सेदारको रूपमा जनमुक्ति सेनाको योद्धाहरूलाई पानी दिंदै शिवगन्ज जाँदै गरेको लालसेनाको लावा लस्कर सम्झेको छु ।
दुश्मनका गोलाहरुको सामना गर्दै युद्ध मोर्चाबाट एलएसडब्लु इन्च मोर्टार इन्सास कब्जा गर्दै अघि बढेको फलामे छात्ति भएका अजम्मरी मान्छेहरू सम्झेको छु ।
कोइलाबासलाई निगरानीमा राखेर खङ्ग्रा गुरुङ नाका हुँदै जनयुद्धको आधार इलाकासम्म सुप्रिमोको स्कटिङ गर्दै संसार जित्ने लक्ष्यकासाथ हिडेका निस्वार्थ दस्ताको मार्चपास सम्झेको छु ।
एनटिएफ अनि एसटिएफका रोलकाल नियमित सेनाको दैनिकी आज जस्तै लागेको छ उपचार नपाएर अझै आलो घाउ बोकेका जनयुद्धका घाइते कमरेडहरू महान लक्ष्य प्राप्तिका वीर सहिदहरू राज्यद्वारा बेपत्ता बनाइएका योद्धाहरू सबैको साझा संकल्प बर्ग विभेद समाज निर्माण गर्नु थियो त्यसमा प्रतिबद्ध एवं दृढ हुन जरुरी छ खैर कार्यनीतिले हामीलाई अर्कै ठाउँमा उभ्याएको छ नेताहरूका दिनचर्या बदलिएका छन् झुपडीका बासहरु सरेका छन् लक्ष्य उदेश्य उहीँ हुदाहुदै बीचमै अल्मलिएको आभास भएको छ ।
तर अविचलित छन् मनहरु अबिराम छ यात्रा जिबित छन् माओवादी सपनाहरू आशाबादी छन श्रमिकहरू त्यसैले हामीलाई अल्मलिने छुट छैन नत कसैसँग झुक्ने छुट छ नत बर्गीय हिसाबले चुक्ने ।
आफ्नो उद्धेश्यमा दृढ प्रतिबद्ध माओवादी चाहिएको छ बस्तीहरुमा भुलेको जनताको बीचमा रमेको सुख दुखको सारथी जुझारू माओवादीको खोजी जनमानसमा आज पनि उत्तिकै छ अटल अनि अविरल ... ।
- (सेर्पाली वाईसियल नेपालको केन्द्रिय अध्यक्ष हुनुहुन्छ ।)