Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा भूकम्पपीडितको अस्थायी टहरामा आगलागी

बुधबार, चैत १४, २०८०
tribeni2

रुकुम पश्चिममा एक भूकम्पपीडितको अस्थायी टहरा (आवास) मा आगलागी भएको छ । 

सानीभेरी गाउँपालिका –४ बलिबाङ निवासी खड्क ओलीको अस्थायी आवासमा बुधबार बेलुका अगलागी भएको हो । वडा अध्यक्ष मनोज बुढाथोकीका अनुसार बिद्युत सर्ट भएर ओलीको अस्थायी आवासमा आगलागी भएको हो । 

गत कार्तिक १७ गतेको भूकम्पको कारण ओलीको घरमा क्षति भएपछि अस्थायी टहरा बनाएर उहाँको श्रीमती र छोराछोरी बस्दै आउनुभएको थियो । ओली भने बैदेशिक रोजगारीको शिलसिलामा देश बाहिर हुनुहुन्छ । 

आगलागीबाट टहरा बाहेक करिब दुई लाख ५० हजार बराबारको सामाग्री जलेर नष्ट भएको वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो । आगलागीमा परेर टहरामा राखिएका लत्ता कपडा, खाद्यन्न, दुई वटा मोबाईल लगायतका सामाग्री जलेका छन् । यसका साथै खाना पकाउने ग्यास सिलिण्डर समेत पड्किएर टहरामा थप क्षति भएको बताईन्छ । 

आगलागीबाट मानविय क्षति भने भएको छैन । स्थानीयवासी र प्रहरीको सहायतामा आगो नियन्त्रणमा ल्याईएको थियो । 

432983123_7432281823557179_5797918155855904183_n1711550209.jpg

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्