Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भोलीबाट एसइई, रुकुम पश्चिमका ६ विद्यालयले पठाएनन् प्रयोगात्मक अंक

परीक्षाको सम्पूर्ण तयारी पुरा
बुधबार, चैत १४, २०८०
tribeni2

भोली बिहिबारबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुने भएको छ । एसइई सुरु हुने दिनको अघिल्लो दिनसम्म पनि रुकुम पश्चिमका विभिन्न ६ वटा बिद्यालयले भने बिद्यार्थीहरुको प्रयोगात्मक अंक पठाएका छैनन् । 

शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका सूचना अधिकारी प्राविधिक सहायक डायमण पुनका अनुसार फागुन मसान्तसम्ममा पठाईसक्नु पर्ने बिद्यार्थीहरुको प्रयोगात्मक अंक परीक्षा सुरु हुँदाको अघिल्लो दिनसम्म प्राप्त भएको छैन । 

प्रयोगात्मक अंक नपठाउने बिद्यालयहरुमा त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोट खलंगा, महेन्द्र माध्यमिक विद्यालय छिवाङ चौतारा, जनता माध्यमिक विद्यालय झिन्चौर, भ्याली पब्लिक स्कुल चौरजहारी, सिस्ने एकेडेमी सोलाबाङ र जनएकता माध्यमिक विद्यालय लागिम रहेका छन् । 

प्राविधिक सहायक पुनका अनुसार बारम्बार पत्राचार गर्दापनि ६ वटा विद्यालयहरुले प्रयोगात्मक अंक पठाएका छैनन् । यस लापरबाहिले जिम्मेवार कार्य सम्पादनमा प्रश्न उब्जेको उहाँले उल्लेख गर्नुभयो ।  

५ वटा संस्थागत एक खुल्ला र ७६ वटा सामुदायिक गरेर ८२ वटा विद्यालयहरुबाट एसइईमा विद्यार्थीहरु सहभागि हुँदैछन् । अब फेरि पनि परीक्षा नियन्त्रण कार्यालयले सूचना गरेर अपलोड गर्ने सिस्टम खोलेमा विद्यालयहरुले प्रयोगात्मक अंक पठाउन सक्ने भने उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार एसइईमा कम्प्युटर र स्वास्थ्य बिषयको ५० पूर्णाङकको प्रयोगात्मक परीक्षा हुन्छ भने अन्य विषयहरुको पूर्णाङक २५ प्रयोगात्मक परीक्षा हुन्छ । 

परीक्षाको सम्पूर्ण तयारी पुरा

रुकुम पश्चिममा हुने एसइईको लागि सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख तारा प्रकाश पुन मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्राध्यक्ष नियुक्ति, अभिमुखिकरण, परीक्षा केन्द्र तोक्ने, परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका र प्रश्नपत्र पुगिसकेका छन् । 

एसइईका लागि रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्र तोकिएको छ भने तीन हजार ५९३ विद्यार्थी परीक्षामा सहभागी हुने बताईएको छ । साधारणतर्फ १ हजार ७६२ छात्रा र १ हजार ७०८ छात्र गरेर तीन हजार ४७० विद्यार्थी सहभागि हुने भएका छन् ।

त्यसैगरी प्राविधिक तर्फ ४९ छात्र र ४७ छात्रा गरेर ९६ विद्यार्थी परिक्षामा सहभागि हुन लागेको इकाई प्रमुख पुनले जानकारी दिनुभयो । ग्रेडवृद्धि तर्फ १५ छात्र र १२ छात्रा गरेर २७  विद्यार्थी  परीक्षामा सहभागि हुँदै छन् । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  २१:२९
प्रतिक्रिया दिनुहोस्