Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अभिभावक शिक्षा चलाउँदै चौरजहारी नगरपालिका

शिक्षाको गुणस्तर थप सुधारका लागि ११ योजना तय 
बिहीबार, चैत १५, २०८०
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले  शैक्षिक गुणस्तर थप सुधारका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्ने भएको छ । 

बुधबार शैक्षिक अवस्था र आगामी योजनाका सम्बन्धमा सरोकारवालासँग साक्षात्कार गरेको नगरपालिकाले विभिन्न ११ योजना तय गरेको छ । नगर प्रमुख पुष्प बादी, उप प्रमुख ईश्वरी शर्मा बिएम, वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख टिकाजंग ओली लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघ अध्यक्षहरु, प्रधानाध्यापकहरुसँग बिच साक्षात्कार गरेको हो ।

साक्षात्कारबाट प्रत्येक विद्यालयहरूले चैत मसान्तभित्र अभिभावक भेला र अभिभावक शिक्षा सञ्चालन गर्ने देखि विभिन्न ११ निश्कर्ष निकालेको निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । 

कार्यक्रममा शैक्षिक सत्र २०८० को समीक्षा र २०८१ को योजना तय गरिएको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालका अनुसार सबै विद्यालयहरूले चैत २३ गते विद्यार्थी र अभिभावकको व्यापक सहभागिता पुरस्कारसहित नतिजा प्रकाशन गर्ने निर्णय गरिएको छ भने विद्यार्थी सङख्या न्यूनतम भएका विद्यालयहरूको वैकल्पिक व्यवस्थापन गर्ने निति अवलम्बन गर्ने, प्रधानाध्यापकहरुको कार्यसम्पादन करार नवीकरण गर्ने, कमजोर कार्यसम्पादन भएका र रिक्त प्रअहरूको नयाँ नियुक्ति गर्ने समेत निर्णय गरिएको छ । 

8e64da17-b776-484e-aa7c-e486001390311711589768.jpeg

त्यसैगरी विद्यालय कार्यसम्पादन मूल्याङकन गरि नतिजा प्रकाशन गर्ने, विद्यालय व्यवस्थापन समितिलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, कमजोर विद्यार्थीहरूलाई वैयक्तिक शिक्षण सञ्चालन गर्ने, शैक्षिक सत्र २०८१ को भर्ना अभियानलाई व्यवस्थित गर्ने निर्णय भएको छ । 

सरोकारवालाहरुसँगको साक्षात्कारबाट सिकाइ उपलब्धि १० प्रतिशत वृद्धि गर्ने शिक्षकलाई प्रत्येक विद्यालयले सम्मान गर्ने र अभिभावकको मागबमोजिम अङ्ग्रेजी माध्यमको पठनपाठन सञ्चालन गर्ने विद्यालयले जनक शिक्षा सामाग्री वितरण केन्द्रमा यथाशीघ्र सम्पर्क गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनुभयो ।

bffe4381-7939-42c2-9685-36e8656382f81711589771.jpeg

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्