सानीभेरीमा गिट्टी कुटिरहेकी महिलामाथी हतियार प्रहार 

शुक्रबार, चैत १६, २०८०

रुकुम पश्चिममा धारिलो हतियार प्रहार हुँदा एक महिला घाईते हुनुभएको छ ।

जिल्लाको सानीभेरी गाउँपालिका ४ निवासी ४१ वर्षिया कालिका देवी मल्लमाथि बिहिबार बेलुका हतियार प्रहार भएको हो । 

घाईते कालिका देवीका नन्द लक्ष्मी मल्लले दिनुभएको जानकारी अनुसार स्थानीय गारछाला भन्ने स्थानमा गिट्टी कुटिरहेको बेला पछाडिबाट आएर सोहि गाउँका भिमसेन मल्लले धारिलो हँसिया प्रहार गरेर घाईते बनाएका हुन् । 

हतियार प्रहारबाट मल्लको घाँटि नजिकको भागमा गहिरो चोट लागेको छ । घाईते मल्ललाई उपचारको लागि चौरजहारी अस्पताल हुँदै बिहिबार राती नै थप उपचारको लागि नेपालगञ्ज ल्याईएको घाईतेकी नन्द लक्ष्मी मल्लले बताउनुभयो । भाउजुको घाँटि छुट्याउने नियतका साथ हतियार प्रहार भएको उहाँको भनाई छ । 

उहाँका अनुसार यस अघि आक्रमणकारीले घाईतेका परिवारका महिलाहरुलाई हातपात गरेका थिए । गाउँलेहरु मिलेर भिमसेनलाई डोरीले बाँधेर स्थानीय प्रहरी जिम्मा लगाईएको र पछि मेलमिलाप गरेर छोडिएको थियो । 

भिमसेनले सोहि रिसिबीको कारण हतियार प्रहार गरेको हुनसक्ने बताईएको छ । 

मल्ललाई घाईते बनाएका भिमसेन फरार रहेको र उनको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।  

579fce6b-cfa9-4a4f-8508-ae09ed042c701711670129.jpeg

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०५:३८
प्रतिक्रिया दिनुहोस्