Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महिलामाथी धारिलो हतियार प्रहार गर्ने एक युवक पक्राउ 

शुक्रबार, चैत १६, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा एक महिला माथी धारिलो हतियार प्रहार गर्ने एक युवा पक्राउ परेका छन ।

जिल्लाको सानीभेरी गाउँपालिका ४ निवासी ३५ वर्षिया कालिका देवी मल्ललाई धारिलो हतियार प्रहार गर्ने सोही गाउँका २२ वर्षिय भिमसेन मल्ल पक्राउ परेका हुन ।

उक्त महिला माथी आक्रमण भएको २४ घण्टा नबित्दै आक्रमणकारीलाई जाजरकोटको रिम्नाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार कालिका देवीमाथी बिहिबार बेलुका स्थानीय गारछाला भन्ने स्थानमा गिट्टी कुटिरहेको बेला पछाडिबाट धारिलो हँसिया प्रहार भएको थियो ।  

हतियार आक्रमणमा परेकी कालिका देवीको  दाहिने कानको पछाडिको भाग काटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको छ । 

घाईते कालिका देवीको मिसन अस्पताल चौरजहारीमा सामान्य उपचार पश्चात नर्सिङहोम नेपालगन्जमा मा उपचार भैरहेको छ ।  

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्