Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट १३ का सुनौलो हजार दिनका आमाहरुलाई  तरकारीको बिउ वितरण 

शुक्रबार, चैत १६, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ का सुनौलो हजार दिनका आमाहरुलाई हिउँदे तरकारीको बिउ वितरण गरिएको छ । बिहीबार वडाका कृषकहरुलाई हिउँदे तरकारीको बिउ वितरण गरिएको हो ।

मुसिकोट नगरपालिकाको कृषि शाखा बाट प्राप्त ४५ प्याकेट र वडाबाट विनियोजित  बजेटबाट ८० प्याकेट  गरि जम्मा एक सय ३० प्याकेट हिउँदे तरकारीको बिउ वितरण गरिएको वडा अध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार काक्रा, फर्सि, भान्टा, भिन्डी, सिमी, बोडि, लौका, खुर्सानी लगायतको बिउ वितरण गरिएको छ ।
यसैगरि नगरपालिकाको पशु सेवा शाखाबाट पशु पंक्षिलाई जुकाको औषधि र हिमालय बत्त्तिसा भितामिन पनि वितरण गरिएको हो । 

उक्त वितरण कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य, पशु  प्राविधिक, कृषि प्राविधिक, वडाको चौकि ईन्चार्ज लगायतको उपस्थिती रहेको थियो ।

हजार दिनका सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा खानुपर्दछ भन्ने सचेतना अभियानका लागी हिउँदे तरकारीको बिउ वितरण गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।  

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्