Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार महासंघको १४ औं पुर्ण बैठक सम्पन्न

आइतबार, चैत १८, २०८०
tribeni2

रुकुम पश्चिम । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको १४ औं पुर्ण बैठक सम्पन्न भएको छ ।

शनिबार महासंघको १४ औं पूर्ण बैठक जिल्लाको बाँफीकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने  स्यार्पू तालको छेउमा सम्पन्न भएको  छ ।

स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र पर्यटकीय स्थलको प्रचार प्रसार हुने  उदेश्यले स्यार्पू तालको छेउमा महत्वपूर्ण निर्णयहरु गर्दै बैठक सम्पन्न भएको  पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले आठौं साधारण सभा चैत ३० गते गर्ने र  साधारण सभा सम्पन्न गर्न विभिन्न समिति निर्माण गर्ने लगायतका निर्णय गरेको छ । यसैगरि महासंघको सातौं जिल्ला अधिवेशन पनि चैत्र ३० गते नै गर्ने अध्यक्ष केसीले बताउनुभयो । 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्