Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा ३० दिने सेवाकालीन प्रशिक्षण सम्पन्न

सोमबार, चैत १९, २०८०
tribeni2

रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट –१ खलङगामा ३० दिने सेवाकालीन प्रशिक्षण सम्पन्न भएको छ । 

गत फागनु १४ गतेदेखि सञ्चालन भएको एक महिने (३० कार्यदिन) प्रशिक्षण चैत १८ गते आईतबारका दिन समापन भएको हो । 

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावालाखेल ललितपुरको आयोजनामा भएको यस तालिममा विभिन्न जिल्लाका ३९ जना सरकारी कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यालय सञ्चालन तथा व्यवस्थापनका बिषयमा केन्द्रित भएको यस प्रशिक्षणलाई कर्मचारीहरुको बढुवाको लागि समेत आवश्यक मानिन्छ । 

संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीहरुको लागि तालिम सञ्चालन गरिएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले जनाएको छ । तालिमबाट कर्मचारीहरुको क्षमता विकास गर्नुका साथै कार्यालय सञ्चालन र व्यवस्थापन सीपको बृद्धि भएको बताईएको छ । 

433099633_3498203383658609_2754885549893282313_n1711942311.jpg

तालिमममा रुकुम पश्चिम, रुकुम पूर्व, डोल्पा, जाजरकोट, बुटवल लगायतका जिल्लाका कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रशिक्षणमा सरकारी सेवा प्रवेशको तीन वर्ष पुरा भएका खरिदार, नायब सुब्बा, स्थानीय तह अन्तर्गतका सहायक चौथो र पाँचौस्तरका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । 

प्रशिक्षणको सहजिकरण स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावालाखेलका निर्देशक कानूनलाल चौधरी, अनुसन्धान अधिकृत टापेन्द्र प्रसाद रिजाल, रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, कोष नियन्त्रक बोमलाल पराजुली, त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमबहादुर घर्ती लगायतले गर्नुभएको थियो । 

433175472_3501450390000575_4955744898530643907_n1711942332.jpg

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्