एसपी ढकाल

सोमबार, चैत १९, २०८०

नेपाली परिवेश पछिल्लो समय उट्पट्याङवाला आयातित दिवसहरूमा झुम्दै गएको छ । मनाउन अनि रमाउन लालायित बनेको छ । कहिले Rose त कहिले Hug ! कहिले chocolate त कहिले केही .. यस्तै यस्तै .... । अर्थहीन अनि महत्त्वहीन जस्तै ।

आयातित दिवस मध्येको एक April fool अर्थात् मूर्ख दिवस पनि एक हो । नेपाली दुनियाँ क्रमश: यसमा पनि रमाउन थालेको छ । आ-आफ्नै सृजनशीलतामा आज अर्थात् April 1 का दिन झुटो बोल्ने अनि मूर्ख बन्ने र बनाउने क्रम जारी छ । मूर्ख बनाएर रमाउने तिव्र प्रयास छ ।

पछिल्लो समय समाजमा इमान, जमान र नैतिकताको खडेरी पर्दै गएको छ । बेइमानी, झुट, अनैतिकता र व्यविचार बढ्दो छ। यो परिप्रेक्ष्यमा हामीलाई सधैं April fool छ । गम्भीर भएर सोच्दा लाग्छ April fool कुनै दिन विशेष भएर मनाउनुको तुक छैन ।

यहाँ मान्छेले आफैंले आफैंलाई ढाँटीरहेको छ । छोराले बाबु, आमा, बाजे अनि बज्यै । श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई । भाइले दाइलाई, दिदीले बहिनीलाई, बहिनीले दिदीलाई, यताको छिमेकीले उताको छिमेकी अनि उताकोले यताको । व्यापारीले ग्रहाकलाई अनि ग्रहाकले व्यापारी, सेवाग्राहीले कर्मचारी अनि कर्मचारीले सेवाग्राही, शिक्षकले विद्यार्थी अनि विद्यार्थीले शिक्षक, मालिकले मजदुर अनि मजदुरले मालिक, नेताले जनता, कार्यकर्ता अनि जनताले नेता । सकेसम्म झुटको खेती गरेकै छ । छल्ने प्रयास जारी नै छ ।

यहाँ कसले कसरी फाइदा लिने भन्नेमा जालझेल, छलकपट गर्ने भन्ने होडबाजी छ । हाम्रो वास्तविकता यही नजिक छ । त्यसैले हामीलाई सधैं April Fool छ । झुट र बेमाइनीको खेती यति फस्टाउदै गरेको परिवेशका हामीलाई सदावहार April fool. छुट्टै किन चाहियो दिन ? जय April fool !

धन्यवाद !

(एसपी ढकालको फेसबुकवालबाट)

sp dhakal1711947819.png

 

 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शेर प्रसाद ढकाल
सोमबार, चैत १९, २०८०

नरेन्द्र केसी
सोमबार, चैत १९, २०८०

नरेन्द्र केसी देवकोटा
सोमबार, चैत १९, २०८०

गणेश सिर्पाली
सोमबार, चैत १९, २०८०