Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीको डाँगीमोड नजिकै भेटियो बम ! 

मंगलबार, चैत २०, २०८०
tribeni2

रुकुम पश्चिमममा एक जङगलमा बेवारिसे अवस्थामा रहेको बम फेला परेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर ६ को जङगलमा बम फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलले वडा नम्वर ६ को डाँगीमोडदेखी भित्रको जङगलमा ढुङगाले छोपेर राखेको अवस्थामा शंकास्पद वस्तु (बम) फेला परेको जानकारी दिनुभयो । 

उहाँका अनुसार उक्त बम डिस्फोज गर्ने तयारी भएको छ । उक्त शंकास्पद वस्तु डिस्फोज गर्नको लागि चण्डीदल गण सल्ले र खारा ब्यारेकबाट नेपाली सेनाको टोली उक्त स्थानमा पुगिसकेको छ । 

जङगलमा ढुङगाले छोपेर राखेको अवस्थामा बम रहेको भनि सूचना प्राप्त हुनासाथ प्रहरीले नेपाली सेनासँग आवश्यक समन्वय गरेर डिस्फोजको तयारी गरेको हो । 

उक्त बम विगतको सशस्त्र द्वन्द्वको समयमा छोडिएको हुनसक्ने अनुमान गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्