Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सरकारले वास्ता नगरेपछि स्थानीयकै लगानीमा सामुदायिक भवन बनाईदै

मंगलबार, चैत २०, २०८०
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –४ मा सामुदायिक भवन निर्माणको काम सुरु भएको छ । 

स्थानीयकै श्रमदान र आर्थिक रकम संकलनबाट सार्वजनिक भवन निर्माण हुन थालेको हो । चौरजहारी नगरपालिका वडा नम्वर ७ का वडा सदस्य समिर केसीको अगुवाईमा भवन निर्माण हुन थालेको हो ।

मनकोटको कालिमाटी डाँडामा चैत ३ गतेबाट उक्त भवन निर्माण गर्न थालिएको केसीले बताउनुभयो । उहाँका अनुसार आगामी बैशाख महिना भित्र भवन निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । 

सामुदायिक भवन निर्माणका लागि स्थानीय सरकार र प्रदेश सरकार समक्ष बारम्बार माग गर्दा पनि सुनुवाई नभएपछि स्थानीयकै लगानीमा भवन निर्माण सुरु गरिएको हो । दुई वर्ष देखि सामुदायिक भवन बनाईदिन माग राखेपनि बेवास्ता गरिएको केसीको भनाई छ । विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन गरेर स्थानीयहरुको श्रमदानबाट भवन निर्माण गरिने उहाँको भनाई छ । 

तीन कोठे भवनका लागि करिब आठ लाख रुपियाँ लाग्ने अनुमान रहेको छ । उक्त भवनमा एक सभाहल, स्टोर कोठा र कार्यालय कोठा रहने छन् । यसमा नव कल्पना सामुदायिक वनको कार्यालय राख्ने योजना स्थानीयको रहेको छ ।

सामुदायिक भवनको लम्बाई ४० फिट र चौडाई २२ फिट रहेको छ । सामुदायिक भवनबाट यहाँका ७० घरपरिवार लाभान्वित हुने बताईएको छ ।  

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्