Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ठाराढुङगामा लागेको आगो चार घण्टासम्म नियन्त्रणमा आउन सकेन

मंगलबार, चैत २०, २०८०
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४  ठाराढुङगामा आगलागी भएको छ । स्थानीय ठाराढुङगा सामुदायिक वनमा मंगलबार बेलुका आगलागी भएको हो । 

करिब पाँच बजेतिर लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको मुसिकोट नगरपालिकाका नगर प्रहरी ईन्चार्ज उमेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आगो नियन्त्रणका लागि नगर प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारीहरु, नेपाल प्रहरी र स्थानीयवासीहरु लागि परेका छन् । 

चार घण्टा भन्दा बढी समयसम्म आगो नियन्त्रणमा आउन नसकेको र फैलदै गएपछि चण्डीदल गण सल्लेबाट नेपाली सेनाको टोली आगो नियन्त्रणका लागि आईपुगेको केसीले जनाउनुभयो । 

आगलागीबाट सामुदायिक वन क्षेत्रमा ठुलो क्षति भएको छ । के कति क्षति भयो भन्ने विवरण आगलागी नियन्त्रणमा आएपछि मात्र संकलन गर्न सकिने बताईन्छ । वनमा लागेको आगो गाउँसम्म फैलिने डरमा स्थानीयवासीहरु रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्