सोसल मिडिया
रुकुम पूर्व । रुकुम पुर्वमा हुने साँस्कृतिक कृषि पर्यटन तथा व्यापार महोत्सव २०८०/८१ को तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा यही चैत २३ गतेदेखि बैशाख ६ गतेसम्म सञ्चालन हुन लागेको यो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।
आयोजकका अनुसार महोत्सवमा एक सय भन्दा बढी स्टल हुने जनाइएको छ । महोत्सवमा स्टल बुकिङ गर्नका लागि लुम्बिनी, कर्णाली तथा बागमती प्रदेश बाट व्यापारीहरु आइरहेका छन् भने कतिपयले फोन मार्फत स्टल बुकिङ भैरहेको आयोजकले बताएका छन ।
रुक्मिणी माध्यमिक बिद्यालय रुकुमकोटको प्राङ्गणमा महोत्सवको भव्य तयारी भइरहेको छ भने महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।
महोत्सवको मुख्य आयोजक अठाले ग्रुप प्रालि र सह आयोजक उद्योग बाणिज्य संघ रुकुम पूर्व रहेको छ भने मिडिया पाट्नरको रुपमा रेडियो पूर्वी रुकुम रहेको छ । आयोजकले भोली शुक्रबार महोत्सव धुमधामका साथ उद्घाटन गर्ने र महोत्सवलाई भव्य बनाउन सबैको उपस्थिति महत्त्वपूर्ण रहने बताउदै सबैलाई उपस्थितिका लागि अपिल गरेको छ ।