Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गाउँमा आँखाका बिरामी खोज्दै उपचार गर्दै चौरजहारी नगरपालिका

बिहीबार, चैत २२, २०८०
tribeni2

रुकुम पश्चिम  चौरजहारी नगरपालिकामा ६४९ जनाको नि:शुल्क आँखा जाँच तथा उपचार गरिएको छ । नगरपालिका भित्रका वडा नम्बर १३ र १४ मा रहेका आँखा सम्बन्धी समस्या भएका नागरिकहरूको सहज उपचारका लागि सहिद स्मृति नगर अस्पतालमा शिविर मार्फत नि:शुल्क आँखा जाँच गरिएको हो ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालका अनुसार चैत्र १९ गदेदेखि तीन दिनसम्म चलेको शिविरमा २९० जनालाई नि:शुल्क औषधि सहित उपचार प्रदान गरिएको छ । १४७ जनालाई चश्मा वितरण गर्नुका साथै ५८ जना मोतिविन्दुको समस्या भएका बिरामी रिफर गरिएको छ ।

नगरपालिकाले घर नजिकै आँखा उपचार शिविर सञ्चालन गरेर ठूलो गुण लगाएको चौरजहारी नगरपालिका -१० की सीता कामीले बताउनुभयो । 'उपचारका लागि कहाँ जाने कसरी जाने थाहा थिएन,' उहाँले भन्नुभयो 'घर नजिकै आएर सेवा पाउँदा निकै खुसी लागेको छ ।'

चौरजहारी नगरपालिकाको आयोजना र नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको समन्वयमा संचालित उक्त शिविरको स्थानीय जनप्रतिनिधि, शिक्षक, वुद्धिजीवि लगायत स्थानीय वासीहरूले सहयोग तथा सहजीकरण गरेका थिए ।

शिविर सञ्चालन सहयोग गर्ने सहयोगी निकाय तथा स्वास्थ्यकर्मीहरूलाई नगरपालिकाले धन्यवाद समेत व्यक्त गरेको छ । नागरिकहरूको सेवामा सहज पहुँचका लागि नगरपालिकाले स्वास्थ्य शिविर, एकीकृत घुम्ती सेवा लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  २२:५४
प्रतिक्रिया दिनुहोस्