रुकुममा खेलकुद

रुकुममा जिल्ला स्तरिय ब्याडमिन्टन र पालिका स्तरिय भलिबल प्रतियोगिता हुदै

भलिबलमा विजेतालाई ५५ हजार, ब्याडमिन्टनलाई २५ हजार
२०७८ कार्तिक ६

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोटमा ब्याडमिन्टन र भलिबल प्रतियोगिता हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमको आयोजनामा कार्तिक १२ गते देखि १४ गते सम्म मुसिकोटमा उक्त खेलकुद आयोजना हुने भएको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेस कुमार शर्माका अनुसार ब्याडमिन्टन प्रतियोगिता जिल्लाभरको खुला रुपमा हुनेछ भने भलिबल प्रतियोगिता पालिका स्तरिय हुनेछ । भलिबल महिला र पुरुषहरुको लागि छुट्टाछुट्टै रुपमा सञ्चालन हुनेछ ।

बराहटाकुरामा सञ्चालन गरिने उक्त प्रतियोगिताको पुरुष तर्फको ब्याडमिन्टन खेलमा विजेता, उप विजेता र सान्त्वनालाई क्रमश नगद २५ हजार, १५ हजार र ५ हजार पुरस्कार सहित प्रमाणपत्र र मेडलको व्यबस्था गरिएको आयोजकले जनाएको छ ।

पालिका स्तरिय खुला पुरुष तथा महिला भलिबल प्रतियोगितामा विजेता हुनेलाई ५५ हजार, उप विजेतालाई २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई १२ हजार पुरस्कार व्यबस्था गरिएको छ । त्यसैगरी उत्कृष्ट खेलाडिलाई २ हजार ५ सय र अनुशासित खेलाडिलाई २ हजार नगद पुरस्कारको समेत व्यबस्था गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

प्रतियोगिहरुले नाम दर्ता ११ गते सम्म गरिसक्नुपर्ने र नागरिकता, खेल पोशाख तथा सम्बन्धित पालिकाको सिफारिस अनिवार्य गरिएको आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १४:१०
प्रतिक्रिया दिनुहोस्