मुसीकोट खलंगा बहुमुखी क्याम्पसका ४४ विद्यार्थीलाई छात्रबृत्ति प्रदान

सोमबार, चैत २६, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा अध्ययनरत ४४ जना बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ । आज एक कार्यक्रमका बिच क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । 

क्याम्पसका युजिसी फोकल पर्सन डम्बरबहादुर खडकाका अनुसार प्रत्येक सेमेस्टरमा उत्कृष्ट जिपिए हाँसिल गर्ने, जेहेन्दार, गरिव, अपांगता भएका, द्वन्द्वपिडित लगायतका शिर्षकमा कुल बिद्यार्थी संख्याको १७ प्रतिशतलाइ बिभिन्न शिर्षकमा छात्रवृत्ति प्रदान गरीएको हो । आज छात्रबृत्ति प्राप्त गरेका बिद्यार्थीहरु प्रथम सेमेष्टर बाहेक अन्य सेमेष्टरका रहेका छन् । 

छात्रबृत्ति वितरण कार्यक्रममा क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन पूर्व क्याम्पस प्रमुख मुकुन्द प्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा क्याप्पसका उप प्राध्यापकहरु हरिबिष्णु ओली, टेकबहादुर ओली, गंगा कार्की, हर्क बहादुर ओली, स्ववियु सभापति रमेश लामिछाने लगायतको आथित्यता रहेको थियो । 

क्याम्पसले पछिल्लो समय पढाइको गुणस्तरमा सुधार हुदै गइरहेको जनाएको छ । क्याम्पसमा प्रविधीमैत्री कक्षाको स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको युजिसी फोकल पर्सन डम्बरबहादुर खडकाले जानकारी दिनुभयो ।

बिश्वविद्यालय अनुदान आयोगबाट समेत दुईवटा छुट्टाछुट्टै परियोजना प्रस्तावहरु स्विकृत भइ कार्यान्वयन हुन गइरहेको खड्काले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्