Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारीहरुको क्षमता विकासका लागि तालिम

सोमबार, चैत २६, २०८०
tribeni2

रुकुम पश्चिमका ६ वटा स्थानीय तहको महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारीहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिएको छ ।

सामाजिक विकास कार्यालय रुकुम पश्चिमको आयोजनामा मुसिकोट खलङगामा पाँच दिने अन्तरक्रिया तथा क्षमता विकास तालिम सम्पन्न भएको हो । 

सामाजिक विकास कार्यालयका प्रमुख धनन्जय आचार्यका अनुसार चैत २१ गतेदेखि २५ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा जिल्लाका ६ वटै स्थानीय तहका १८ जना कर्मचारीहरुकाे सहभागिता रहेको थियो । 

क्षमता विकास तालिममा अभिलेख व्यवस्थापन, लैंगिक समानता र सामाजिक समावेशिकरण, नेतृत्व तथा व्यक्तित्व विकास, आत्महत्या र रोकथामका उपायहरु, लागु औषध दुव्र्यसन र यसका असरहरु, देवानी र फौजदारी संहिता र प्रावधानहरु, बालमैत्री स्थानीय शासन प्रर्वद्धन, प्रस्तावना लेखन, खुशि हुने कला, उद्घोषण कला, सामाजिक रुपान्तरण, लैगिक उत्तरदायी बजेट, सूचनाको हक र मुख्य प्रावधानहरु, सार्वजनिक खरिद ऐनका मुख्य प्रावधानहरु, उत्प्रेरणा प्रक्रिया लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो । 

436367483_3604658096530293_7726229404798198027_n1712582205.jpg

तालिमको सहजिकरण जिल्ला न्यायधीस राम प्रसाद बस्याल, जिल्ला समन्वय समिति रुकुम पश्चिमका उप प्रमुख देवबहादुर बिक, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, प्रहरी नायब उपरिक्षक नवराज पोखरेल, जिल्ला अदालतका श्रेष्तेदार मन्दिरा शाही, सामाजिक विकास कार्यालयका प्रमुख धनन्जय आचार्य, पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, पत्रकार राजु लामिछाने, मुसिकोट नगरपालिकाका कानून अधिकृत ललित बुढा, लेखा अधिकृत छैठौ बुद्धिराम बोहरा लगायतले गर्नुभएको थियो । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्