Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पुर्वबाट बुकीन्युज अनलाइन शुभारम्भ

सोमबार, चैत २६, २०८०
tribeni2

रुकुम पूर्वमा बुकीन्युज समाचार अनलाईन औपचारिक रुपमा शुभारम्भ गरिएको छ । बूकी फूल मिडिया प्रा.ली. द्धारा संचालित बुकीन्युज अनालाईन आजदेखी जिल्लामा औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।

नागरिकहरुको आवाजलाई सुसूचीत गर्ने उद्धेश्यले समाचार अनलाईन सुभारम्भ गरिएको बूकी फूल मिडिया प्रा.ली. का अध्यक्ष लिलामणी गौतमले जानकारी दिनुभयो ।

रुकुम पूर्व जिल्ला मात्र नभई मध्यपहाडी लोकमार्गसँग जोडिएका सबै जिल्लाका कुना-कुनाका समाचारहरुलाई अनलाईनका माध्यमबाट सम्प्रेशन गरिने उहाँले बताउनुभयो ।

बूकी फूल मिडिया प्रा.ली. का अध्यक्ष लिलामणी गौतमको अध्यक्षता रहेको शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख तथा उपप्रमुख मोहोन बहादुर के.सी. को बिशेष आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका साथै बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुखहरु लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन बूकी फूल न्युजका समाचार प्रमुख परिचन्द्र खत्रीले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २१:०९
प्रतिक्रिया दिनुहोस्