Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा हप्ता-हप्तामा सेवाग्राहि सन्तुष्टि सर्वेक्षण र सार्वजनिक

गत हप्ता सेवा प्रवाह नराम्रो भन्नेमा शुन्य प्रतिशत 
मंगलबार, चैत २७, २०८०
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सेवाग्राही सर्वेक्षण गर्न थालेको छ । नगरपालिकाले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण गरेर साप्ताहिक रुपमा नतिजा सार्वजनिक समेत गर्न थालेको हो । 

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालका अनुसार गत साता गरिएको सर्वेक्षण सार्वजनिक गरिएको छ । 

गत साता सेवा लिने सेवाग्राहीले जनाएको प्रतिक्रियाका आधारमा अन्त्यन्त राम्रो प्रतिक्रिया दिने सेवाग्राहीको सङ्ख्या २६ प्रतिशत रहेको छ ।  त्यसैगरी राम्रो भएको प्रतिक्रिया दिने सेवाग्राहीको सङख्या ७० प्रतिशत छ भने ठिकै भएको प्रतिक्रिया दिनेको सङ्ख्या चार प्रतिशत रहेको छ ।

सेवाप्रवाह नराम्रो र अत्यन्त नराम्रो भएको भनि प्रतिक्रिया दिनेको सङ्ख्या भने शून्य प्रतिशत रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकाले जनाउनुभयो । 

नगर कार्यपालिका र कर्मचारीहरूको उपस्थितिमा सोमबार नतिजा सार्वजनिक गरिएको हो ।  कार्यालयबाट प्रवाह हुने सेवामा सेवाग्राहीको सन्तुष्टिको अवस्थाबारे कार्यक्रममा जानकारी गराइएको थियो । सेवाप्रतिको प्रतिक्रियाका लागि पाँच वटा अवस्था जनाउन पाउने व्यवस्था मिलाइएको छ । अत्यन्त राम्रो, राम्रो, ठिकै, नराम्रो र अत्यन्त नराम्रो  भनि प्रतिक्रिया जनाउन पाइनेछ ।

11712647272.JPG

लैङ्गिक आधारमा सेवा लिने पुरुषको सङ्ख्या ८३ प्रतिशत छ । सेवा लिने महिलाको सङ्ख्या १७ प्रतिशत रहेको छ । सेवा प्रवाह हुदा लाग्ने समयको बारेमा समेत सर्वेक्षण गर्ने गरिएको छ ।

सर्वेक्षणमा सबैभन्दा कम ४ मिनेट देखि सबैभन्दा बढी ३ घण्टा २८ मिनेट समय लागेको पाइएको छ । प्राप्त सर्वेक्षणमा सबैभन्दा कम समयमा महिला बालबालिका उपशाखाबाट सेवा प्रवाह भएको पाइएको छ । 

सेवाग्राहीको प्रतिक्रियाका लागि सेवा पश्चात टोकन खसाल्ने व्यवस्था मिलाइएको छ । प्रत्येक दिन बेलुका टोकनमार्फत दिएको प्रतिक्रियाको अभिलेख राख्ने व्यवस्था मिलाइको ढकालले जानकारी दिनुभयो । 

दैनिक अभिलेखका आधारमा साप्ताहिक, मासिक र वार्षिक विवरण तयार गरिने उहाँले बताउनुभयो । सेवा प्रवाह सन्तुष्टि सर्वेक्षणले सेवा प्रवाहमा सुधार गर्नुपर्ने पक्ष पहिचान हुने र यसले सेवाग्राहीमैत्री सेवाका लागि टेवा पुर्या्उने विश्वास नगरपालिकाले लिएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्