सोसल मिडिया
मुगु । मुगुको खत्याड गाउँपालिकामा गोली लागेर एक बालकको मृत्यु भएको छ । खत्याड १० डुमेना गाउँमा आज दिउँसो १२ बजे बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, घरमा राखेको भरुवा बन्दुक स्थानीय १३ वर्षीय बालक तिर्थ रावल र गोर्ख रोकायाले खेलाउँदा खेलाउँदै पड्किएको थियो । गोली चल्दा डुमेनाका अमर सिंह रावलका ९ वर्षीय छोरा विकास रावलको मृत्यु भएको हो ।
उक्त बन्दुकसहित आमाबुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।