Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीको गुमाखोला वनको आगलागी अनियन्त्रित, मौराखारातर्फ फैलियो डढेलो

स्थानीयवासीलाई सतर्क रहन वन कार्यालयको अनुरोध
बुधबार, चैत २८, २०८०
tribeni2

सानीभेरी गाउँपालिका वडा नम्वर ३ को गुमाखोला सिम्तारा सामुदायिक वन क्षेत्रमा आगलागी भएको छ । मंगलबार बिहान ११ बजेबाट त्यसक्षेत्रमा लागेको आगोले ठुलो रुप लिएको छ । 

डिभिजन वन कार्यालय रुकुम पश्चिमका अनुसार वन डढेलो भिषण अवस्थामा रहेकोले नियन्त्रण गर्न सकिएको छैन । गुमाखोला सिम्तारा सामुदायिक वन क्षेत्रबाट मौराखारा वन क्षेत्रतर्फ आगो फैलिएको डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार वन डढेलो अत्यन्तै ठुलो रहेको छ । हालसम्म यहाँको करिब ७० हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । विभिन्न प्रजातिका सयौ बोटबिरुवाहरु नष्ट भएका छन् । 

त्यसक्षेत्रका सर्वसाधारणहरुलाई सतर्क तथा सुरक्षित भएर बस्न र आफ्नो धनमालको सुरक्षा गर्न डिभिजन वन कार्यालयले अनुरोध गरेको छ । डिभिजन वनका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयवासी समेतले प्रयास गर्दा पनि आगो नियन्त्रण गर्न नसकिएको बताईएको छ । 

बर्षौसाल यस क्षेत्रमा ठुलो मात्रामा आगलागी हुने गरेको छ । मौराखारा क्षेत्रलाई जैविक विविधतायुक्त क्षेत्र बनाउने सानीभेरी गाउँपालिकाको अभियानलाई हरेक वर्ष हुने आगलागीका घटनाहरुले प्रभावित पारेको बताईन्छ । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्