फोहोर पानीको खाडलमा डुबेका बालकको मृत्यु

बिहीबार, चैत २९, २०८०

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -४ छिनखेतमा पानीमा डुबेका एक बालकको मृत्यु भएको छ ।

बुधवार छिनखेतको स्थानीयको घर पछाडि रहेको फोहोर पानी जम्मा हुने खाडलमा डुबेका बालकको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेख जिल्ला भगवतिमाइ गाउँपालका -५ घर भई हाल छिनखेतमा रहेको प्रभु बैंकमा कार्यरत कर्मचारी याम कुमारी थापाका  अन्दाजी ५ बर्षिय छोरा हिमेश थापा रहेको प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार बुधवार सांझ खेल्ने क्रममा घर पछाडी रहेको फोहोर पानी जम्मा हुने खाडलमा बालक डुबेपछि स्थानीय र प्रहरीको सहयोगमा उद्दार गरी एम्बुलेन्समार्फत जिल्ला अस्पताल सल्ले पुर्याईएको थियो । अस्पताल पुर्याए लगतै बालक थापालाई अस्पतालले मृत घोषणा गरेको थियो ।

मृतक बालकको पोष्टमार्टम पछि आफन्तले अस्पतालबाट बुझिलिएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्