Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीको बिमैचामा लागेको आगो बस्तीतर्फ फैलियो

बिहीबार, चैत २९, २०८०
tribeni2

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर २ को बिमैचामा लागेको आगलागी मानव बस्तीतर्फ फैलिएको छ । बिहिबार दिउँसो २:४५ बजे बिमैचा भन्ने स्थानबाट क्रमश मानवबस्ती भएको स्थानतर्फ फैलिएको हो । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार बिमैचाको माथिल्लो बस्ती बेदखोला र तलतिर रहेको मुसीकोट नगरपालिका वडा नम्वर ११ को छोडेडाँडा र लामिडाँडाको मानव बस्तीतर्फ आगो फैलने क्रममा रहेको छ । 

हालसम्म आगलागीबाट त्यहाँ कुनै मानविय क्षति नभएतापनि वन क्षेत्रका बोटबिरुवाहरु जलेका छन् । आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मी र स्थानीयवासीहरु निरन्तर लागिरहेको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो ।   

स्थानीयवासीहरुलाई सजक तथा सुरक्षित रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । 

पछिल्लो समय जिल्लामा दिनहुँजसो आगलागीका घटनाहरु भईरहेका छन् । बिशेष गरेर वन क्षेत्रमा बढी मात्रामा आगलागी भईरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्