Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्वर्गीय बुवा–छोराको सम्झनामा विद्यालयमा स्मृति मञ्च हस्तान्तरण

शुक्रबार, चैत ३०, २०८०
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –५ खहरेमा स्वर्गीय बुवाछोराको सम्झनामा स्मृति मञ्च तयार गरिएको छ । 

स्थानीय समाजसेवी स्वर्गीय प्रताप जैसी र उहाँका छोरा स्वर्गीय गणेश शर्माको सम्झनामा ‘गणेश प्रताप बहुउद्धेश्यीय स्मृति मञ्च’ निर्माण गरिएको हो । स्व. बुवाछोराको सम्झना तयार पारिएको मञ्च आज एक कार्यक्रमका बिच स्थानीय माध्यामिक विद्यालय खहरेलाई हस्तान्तरण गरिएको छ । 

स्व. जैसीका छोरा कृष्ण शर्माका अनुसार बुवा र भाईको सम्झनामा परिवारका तर्फबाट स्मृति मञ्च निर्माण गरिएको हो । १२ लाख तीन हजार ८४० रुपियाँको लागतमा निर्माण गरिएको उक्त मञ्च आज एक कार्यक्रमका बिच बिद्यालयलाई हस्तान्तरण गरिएको हो । बुवाले छोडेर गएको दुई वर्ष पुरा भएको दिनमा विद्यालयलाई मञ्च हस्तान्तरण गरिएको जेठा छोरा कृष्ण शर्माले बताउनुभयो । 

437536142_7391109100970400_2314145086071860487_n-1712924569.jpg
माईला छोरा गणेशको २०७८ असोज २७ गतेका दिन ब्लड क्यान्सरका कारण र बुवाको गत २०७८ असोज ३० गते फोक्सोको क्यान्सरका कारण अल्पआयुमै निधन भएको थियो । बुवा छोराको एकै वर्ष अल्पायुमै निधन भएको थियो । 

उहाँहरुको सम्झनामा गत असोज महिनामा स्मृति मञ्च निर्माणको काम सुरु गरिएको थियो । निर्माण सम्पन्न भए पश्चात आज बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश प्रसाद शर्मालाई भवन हस्तान्तरण गरिएको हो ।

437361989_7391109270970383_5203074834792468737_n-1712924563.jpg
स्मृति मञ्च हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री गोपाल शर्मा, चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी, पूर्व नगर प्रमुख बिशाल शर्मा, चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकाल लगायत स्वर्गीय जैसीका परिवारका सदस्यहरु, आफन्तजन, बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।

435099461_7391109190970391_7634522788897008138_n-1712924563.jpg

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्