Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका सबै पालिकामा 'प्रेस सेन्टर'

पालिका स्तरमा संठगन बनाउने पहिलो जिल्ला 'रुकुम पश्चिम' भएको दाबि
२०७८ कार्तिक ६
tribeni2

रुकुम पश्चिम / प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले जिल्लाका ६ वटै पालिकामा संगठन विस्तार गरेको छ ।

सेन्टरको केन्द्रिय सर्कुलर अनुसार र जिल्लामा असोज २४ गते बसेको जिल्ला समितिको निर्णय अनुसार जिल्लाका सबै पालिकामा संगठन विस्तार गरिएको हो ।
जिल्लाको निर्णय अनुसार प्रेस सेन्टरले चौरजहारी नगरपालिकाबाट सुरु गरेको संगठन विस्तार आज आठबिसकोट नगरपालिकामा कमिटी गठन गरे सङ्गै सबै पालिकामा गठन सम्पन्न भएको हो ।

प्रेस सेन्टर नेपाल जिल्ला सम्मेलन आयोजक समिति रुकुम पश्चिमका संयोजक मेगराज खड्काका अनुसार चौरजहारी नगरपालिकामा तिलक ओलिको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरिएको छ भने मुसिकोट नगरपालिकामा दिपेन्द्र महतराको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरिएको छ ।

यसैगरी त्रिवेणि गाउँपालिकामा कुबेर ओलिको अध्यक्षतामा १३ सदस्यीय ,सानोभेरी गाउँपालिकामा छबिलाल बिष्टको अध्यक्षता १३ सदस्यीय, बाफिकोट गाउँपालिकामा प्रचण्ड खत्रीको अध्यक्षतामा ११ सदस्यीय र आठबिसकोट नगरपालिकामा सत्य बटालाको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरिएको छ ।

संभवत सबै पालिकाहरुमा संगठनको विस्तार गर्ने रुकुम पश्चिम पहिलो जिल्ला नै बनेको संयोजक खड्काको भनाई छ । प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको जिल्ला अधिबेशन यहि कार्तिक १३ गते सदरमुकाम खलंगामा हुने संयोजक खड्काले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्