Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमकोट यातायात सेवा प्रालिको औपचारिक सेवा प्रारम्भ

रुकुमकोटबाट पूर्व अरनिको यातायात प्रालिका नयाँ बसहरु संचालन हुने
शनिबार, वैशाख १, २०८१
tribeni2

रुकुम पूर्व । रुकुमकोट यातायात सेवा प्रालिले रुकुमकोटबाट बिभिन्न स्थानहरुमा संचालन हुने यातायात सेवाको औपचारिक रुपमा सेवा प्रारम्भ गरेको छ ।

नयाँ बर्षको अवसर पारेर रुकुमकोटमा एक औपचारिक कार्यक्रम गरि यातायात सेवाको उद्घाटन गरिएको हो ।

रुकुमकोट यातायात सेवा प्रालि र पूर्व अरनिको यातायात प्रालिको सहमतिमा रुकुमकोटबाट बाग्लुङ पोखरा हुदै काठमाडौंसम्म नयाँ रात्री बसहरु संचालन हुने रुकुमकोट यातायात सेवा प्रालिका अध्यक्ष लक्ष्मण घर्तिले बताउनुभयो ।

समितिमार्फत रुकुमकोटबाट काठमाडौ, दाङ, नेपालगंज लगायत स्थानीय बिभिन्न स्थानहरुमा यातायातका साधनहरु संचालन हुने समेत समितिका अध्यक्ष घर्तिले जानकारी गराउनुभयो ।

यात्रुहरुको असहजतालाई मध्यनजर गर्दै यात्रालाई आरामदायि र सजिलो बनाउन पूर्व अरनिको यातायात प्रालिले हाललाई रुकुमकोटबाट काठमाडौ सम्मका लागि सेवा संचालनमा ल्याएको पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार खत्री क्षेत्रीले बताउनुभयो । प्रालिले यात्रुहरुको सुरक्षा र समग्र ब्यवसायिहरुको ब्यवसायिक हितलाई प्राथमिकतामा राखि सेवा संचालन गरिरहेको समेत क्षेत्रीले बताउनुभयो ।

आम रुकुमबासिमा यातायात सेवाको सहजताका लागि थप यातायात सेवाको आवश्यकता रहेको बेला यस प्रालिमार्फत संचालन हुने सेवाले यातायातको सुबिधामा पहुँच पुर्याउने अपेक्षा रहेको कार्यक्रमका प्रमुख अतिथि सिस्ने गाउँपालिका रुकुम पूर्वका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।

सिस्ने गाउँपालिका रुकुम पूर्वको सभाहलमा भएको औपचारिक कार्यक्रमको अध्यक्षता रुकुमकोट यातायात सेवा प्रालिका अध्यक्ष लक्ष्मण घर्तिले गर्नुभएको थियो भने प्रमुख अतिथ्यता सिस्ने गाउँपालिका रुकुम पुर्वका अध्यक्ष कृष्ण रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रतिनिधिहरु, वडाध्यक्षहरु, यातायात ब्यावसायिहरु लगायत बिभिन्न संचार माध्यामका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिबाट ब्यानर वाचन गरि रिवन काटेर यातायात सेवाको औपचारिक उद्घाटन गरिएको थियो । उद्घाटन पश्चात रुकुमकोट यातायात सेवा प्रालि मार्फत संचालन हुने सवारी साधनहरुबाट र्याली समेत गरि बजार परिक्रमा गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्