सोसल मिडिया
रुकुम पश्चिमको आठविसकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
आठविसकोट नगरपालिका वडा नम्वर ५ थापागाउँका ४१ बर्षिय सर्जन थापाको भिरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार शुक्रबार बेलुका स्थानीय झिम्रि खोलामा पानी बनाएर फर्कने क्रममा भिरबाट लडेर थापाको मृत्यु भएको हो । थापा खानेपानीको चौकीदार पदमा कार्यरत हुनुहुन्थ्यो ।
घटनाबारे शनिबार बिहान मात्र प्रहरी समक्ष सूचना प्राप्त भएको थियो । डिएसपी पोखरेलका अनुसार स्थानीयले टेलिफोनमार्फत प्रहरी चौकी गोतामकोटमा दिएको सूचना लगत्तै चौकी र ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पठाईएको थियो ।
प्रहरी टोलीले आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शवको पोष्ट मार्टमको लागि नगर अस्पताल दल्ली लगिएको छ ।