Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

'प्रभु बाको कुटी'मा कालिकाको बिशेष जमघट !

शनिबार, वैशाख १, २०८१
tribeni2

आज नयाँ बर्ष २०८१ को पहिलो दिन । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिनलाई धुमधाम रुपमा मनाईएको छ । 

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गरिन्छ, मिष्ठान्न भोजन बाँडिन्छ, साँस्कृतिक उत्सव गरिन्छ । यसर्थ नयाँ बर्षको मुख्य दिनलाई विशेष पर्वको रुपमा मनाउने गरिन्छ । 

रुकुम पश्चिमको मुसिकोटमा पनि नयाँ वर्षको पहिलो दिनलाई उत्सवका रुपमा मनाईएको छ । डिग्रे मन्दिर, मुसीडाँडा, भाइरल पुल, साँख लगायतका स्थानमा पुगेर नयाँ वर्ष मनाउनेहरुको आज भिड नै थियो । 

यसै क्रममा मुसिकोट नगरपालिका –६ मा रहेको पर्यटकियस्थल प्रभु बाको कुटिमा जिल्लाका बिशेष व्यक्तित्वहरुको सुखद जमघट भएको छ । मुसिकोट नगरपालिका –५ मा रहेको कालिका हार्डवेयर एण्ड फिटिङ सप्लायर्सको आयोजना तथा व्यवस्थापनमा नयाँ बर्षको शुभकामना आदान प्रदान तथा मैत्रीपूर्ण वनभोज सम्पन्न भएको हो । 

शुभकामना साटासाट गर्ने, एउटै चुल्होमा पाकेको खाने र आपसी भाईचारा तथा आत्मियता बढाउने सोचका साथ नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम आयोजना गरिएको हार्डवेयरका सञ्चालक टंकलाल सन्यासीले बताउनुभयो । 

उहाँका अनुसार नयाँ वर्षको पहिलो दिन राम्रो सुरुवातको अपेक्षासहित कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तसहित सुरक्षा निकायका प्रमुखहरु, नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटा, नेपाली काँग्रेस मुसिकोटका सभापति प्रेम बहादुर ओली, नेकपा माओवादी केन्द्र मुसिकोटका अध्यक्ष दलबहादुर खड्का, वडा अध्यक्षहरु, उद्योग वाणिज्य संघ रुकुम पश्चिमका अध्यक्ष पलबहादुर खड्का, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष भिमराज ओली, व्यापारीहरु, निर्माण व्यवसायीहरु, स्थानीयवासीहरु लगायत करिब दुई सय जनाको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्