सल्लेमा लागेको आगो निभाउने क्रममा एक महिला घाईते

आइतबार, वैशाख २, २०८१

रुकुम पश्चिममा लागो निभाउने क्रममा एक महिला घाईते हुनुभएको छ । 

जिल्लाको मुसिकोट नगरपालिका –१ सल्ले निवासी ४८ वर्षिया मुना थापा जलेर घाईते हुनुभएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार स्थानीय सल्ले (रयाजपाखा) सामुदायिक वनमा लागेको लागो निभाउने क्रममा उहाँ घाईते हुनुभएको हो । 

बच्चाले लगाएको आगो निभाउने क्रममा थापा घाईते हुनुभएको हो । जलेर घाईते हुनुभएकी थापालाई जिल्ला अस्पताल सल्लेमा प्राथमिक उपचारपछि थप उपचारको लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज रिफर गरिएकोछ ।

उहाँको दुबै हात, खुट्टा, निधार, अनुहार र पिठ्युको भाग जलेको अस्पतालले जनाएको छ । 

डिभिजन वन कार्यालय रुकुम पश्चिमका अनुसार आईतबार दिउँसो उक्त वन क्षेत्रमा आगो लागेको हो । नजिकैको सल्ले गाउँतर्फको आगो स्थानीयवासी, सुरक्षाकर्मी र वन कार्यालयका कर्मचारीहरु मिलेर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो । तर जंगलतर्फको आगो भने नियन्त्रणमा आउन सकेको छैन । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्