Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राज्यद्रोहको मुद्धा खेपेका सिके राउतसंग सरकारको ११ बुँदे राजनीतिक सहमती

२४ फागुन २०७५
tribeni2

काठमाडौ‌ ।

सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ वुँदे सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा राष्ट्रिय सभागृहमा गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट सीके राउतबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमतिको पहिलो बुँदामा राउतले मुलुकको अखण्डता स्वीकार गर्नुभएको छ भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ । सरकारले राउत समूहका क्रियाकलापमा कुनै बन्देज नलगाइने जनाएको छ ।

योसँगै स्वतन्त्र मधेश गठबन्धन बिघटन भएको छ । सरकारसँगको सहमति सँगै छुट्टै मधेस राज्यको माग गर्दै विभिन्न पृथकतावादी आन्दोलन गरिरहेका सीके राउतले आजबाटै पृथकतावादी गतिविधि परित्यागको घोषणा गरे । उनले आफूहरुले दिनरात चिन्ता गरिरहेका विषय आज शान्तिपुर्ण रुपमा अवतरण भएको स्पष्ट पारे ।

राउतले अब हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्नु भन्दा जनमत प्रयोग गरेर आफ्नो अधिकार हासिल गर्ने पालो जनताको भएको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतमा असाधारण निर्णय गर्ने क्षमता देखेको र यसअघि त्यस्तो निर्णय क्षमता पुष्पकमल दाहाल प्रचण्डमा देखेको बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  २०:०३
प्रतिक्रिया दिनुहोस्