Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

देवकोटा साहित्य प्रतिष्ठान सम्मान अजनवी र सुमीलाई

झिल्टुङमा कुञ्जिनी पार्क बन्ने
२०७८ कार्तिक ६
tribeni2

नुवाकोट / यसवर्षको लक्ष्मीप्रसाद देवकोटा साहित्य प्रतिष्ठान, नुवाकोट सम्मान साहित्यकार नवदिप अजनवी र सुमित्रा सुमीलाई प्रदान गरिने भएको छ । प्रतिष्ठानको नुवाकोट बेलकोटगढी झिल्टुङ खडगछापमा बसेको बैठकले हरेक वर्ष प्रदान गरिँदै आएको सम्मान यसवर्ष अजनवी र सुमीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले देवकोटा जयन्तीको अवसरमा यही कार्तिक १७ गते विद्यालयस्तरीय कविता प्रतियोगिता गर्ने भएको छ । बेलकोटगढी ५ खडगछापमा हुने प्रतियोगितामा प्रथम हुनेलाई २ हजार ५ सय, द्वितिय हुनेलाई २ हजार र तृतिय हुनेलाई १ हजार ५ सय प्रदान गरिने तथा प्रोत्साहन स्वरुप एक हजार दिइने प्रतिष्ठानका सचिव नारायण नेपालले जानकारी दिनुभयो । प्रतिष्ठानले यसैवर्षबाट आफ्नो स्वामित्वमा रहनेगरी कुञ्जिनी पार्क निर्माण सुरु गर्नेसमेत निर्णय गरेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले नुवाकोट झिल्टुङको एक घरमा बसी चर्चित कुञ्जिनी खण्डकाव्य लेखेका थिए । सोही ऐतिहासिक घरको संरक्षण, प्रवर्द्धन र पर्यटकीय स्थल निर्माणका लागि कुञ्जिनी पार्क निर्माण हुन लागेको हो ।

कुञ्जिनी घर संरक्षणका लागि बेलकोटगढी नगरपालिकाले यस आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको सहयोगमा लक्ष्मीप्रसाद देवकोटा साहित्य प्रतिष्ठानको स्वामित्वमा रहनेगरी पार्क बन्ने भएको हो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  २०:१०
प्रतिक्रिया दिनुहोस्