Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्लेमा वन डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास

शनिबार, वैशाख ८, २०८१
tribeni2

रुकुम पश्चिममा वन डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास गरिएको छ । जिल्ला वन सुरक्षा समितिले वन डढेलो नियन्त्रणका लागि दुई दिने अभ्यास कार्यक्रम सम्पन्न गरेको हो । 

जिल्ला वन सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार जिल्ला सदरमुकाम मुसीकोटमा वैशाख ७ र ८ गतेका दिन उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको पहिलो दिनमा सैद्धान्तिक बिषयका विभिन्न सेसनहरु सञ्चालन गरिएको थियो भने दोश्रो दिनमा वन डढेलो नियन्त्रणको व्यवहारिक संयुक्त अभ्यास गरिएको थियो । मुसीकोट नगरपालिका –१ सल्लेमा वन डढेलो नियन्त्रणको अभ्यास गरिएको हो । 

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मुसीकोट नगरपालिकाका नगर प्रहरी, वन रक्षकहरु तथा कर्मचारीहरुसहित ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा वन डढेलो, यसका असर, नियन्त्रणका उपायहरु लगायतका सैद्धान्तिक बिषयमा सहजिकरण गरिएको थियो भने डढेलो नियन्त्रणको व्यवहारिक अभ्यास गरिएको थियो । 

कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र के.सी., प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, नेपाल रेडक्रस सोसाइटीका सभापति रमा गौतम, डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शेरबहादुर परियार लगायतको उपस्थिति रहेको थियो । 

गर्मियाम सुरु भएसँगै दिनहुँजसो आगलागीका घटनाहरु भईरहेका छन् । डिभिजन वन अधिकृत शेरबहादुर परियारका अनुसार पछिल्लो समय जिल्लाका सामुदायिक वन क्षेत्रमा बढी मात्रामा डढेलो लाग्ने गरेको छ । दिनहुँ वन क्षेत्रमा आगलागीका घटनाहरु भईरहेकोले स्थानीयवासीहरुलाई सहज तथा सतर्क रहन आग्रह गरिएको छ । 

WhatsApp-Image-2024-04-20-at-13.34.48_5f2a3105-1713601865.jpg
aaglagi-niyantrn-abhyas-(2)-1713601861.jpg

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्