Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा टोलटोलमा पुगेर ५५ वर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षण 

परीक्षण गरिएका मध्य २७५ जनामा उच्च रक्तचाप, दुई सय जनामा मधुमेह, १८९ जनामा मृगौला र १७० जनामा दमको समस्या
शनिबार, वैशाख ८, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बस्ती तथा टोलसम्म पुगेर ५५ वर्ष माथिका नागरिकहरूको स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।

रोगको अवस्था पहिचान गरी उपचारको प्रबन्ध मिलाउन नागरिक स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको हो । शिविरमा दुई हजार ७२२ जनाको स्वास्थ्य परीक्षण गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्वास्थ्य परीक्षण गरिएका मध्ये २७५ जनामा उच्च रक्तचाप र दुई सय जनामा मधुमेहको समस्या देखिएको छ । त्यसैगरी १८९ जनामा मृगौला सम्बन्धी समस्या र १७० जनामा दमसम्बन्धी समस्या देखिएको छ । बाँकीको स्वास्थ्य अवस्था भने सामान्य देखिएको छ । 

समस्या देखिएका बिरामीहरूलाई आवश्यक परामर्श, उपचार तथा प्रेषण गरिएको छ । स्वास्थ्य परीक्षणका लागि  नगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरू २०८० चैत्र २७ गतेदेखि एक साताका लागि परिचालन गरिएको थियो ।

नगरपालिका क्षेत्रभित्रका ५५ वर्षमाथिका उमेर समूहका तीन हजार ३८७ जना रहेको तथ्याङ्क भएतापनि ८०.३ प्रतिशतले मात्रै शिविरमा स्वास्थ्य परीक्षण गराइएको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनुभयो ।

कतिपय रोजगारीको सिलसिलामा बाहिर रहेको, कतिपयको मृत्यु भएको तथा कामकाजको कारण बाहिर रहेकोले पनि सतप्रतिशतको स्वास्थ्य परीक्षण गर्न नसकिएको बताईएको छ । 

स्वास्थ्य सेवाको पहुँच घरदैलोसम्म पुर्याउन तथा स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वनयको अनुभूति दिलाउन स्वास्थ्य परीक्षण कार्यक्रम महत्त्वपूर्ण रहेको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्