Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटमा भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि डकर्मीहरुलाई तालिम

शनिबार, वैशाख ८, २०८१
tribeni2
  • सत्य बटाला

रुकुम पश्चिमको आठविसकोटमा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि डकर्मीहरुलाई तालिम दिन थालिएको छ । 

आज एक कार्यक्रमका बिच आठविसकोट नगरपालिका प्रमुख रबि केसीले भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिमको उद्घाटन गर्नुभएको छ ।

तालिम उद्घाछन सत्रमा नगर प्रमुख रबि केसीले तालिमले भूकम्पपछिको पुनर्निर्माणको क्रममा निर्माण हुने भौतिक पूर्वाधारलाई भुकम्प प्रतिरोधात्मक बनाउनको लागि आवइश्क सीप प्रदान गर्ने बताउनुभयो । नगर प्रमुख केसीले पुनर्निर्माण अभिायनमा साथ दिन तथा सहयोग गर्न विभिन्न निकायहरुलाई अनुरोध समेत गर्नुभयो । 

५० दिने (तह १) यो तालिम हेल्भेटास नेपालले स्वीस सरकारले सहयोगमा सञ्चालन गरेको हो । सीप तथा पुर्ननिर्माण परियोजना अन्तर्गत सञ्चालित यो तालिम कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको समन्वय र ट्रेस नेपालको सहजिकरणमा सञ्चालन हुने बताईएको छ । 

परियोजनाका टिम लिडर दिनेश पाण्डेका अनुसार भूकम्पपछिको आवास पुनर्निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको हो । तालिममा ढुङ्गा, इँटाको गाह्रो कसरी लगाउने, घरमा डन्डी कसरी राख्ने, झ्याल ढोका कसरी हाल्ने, क्रङ्किटको घर कसरी निर्माण गर्ने भन्नेबारेमा डकर्मीलाई तालिम दिइने छ ।

तालिममा आठविसकोट नगरपालिकाको वडा नम्वर ११, १२, १३ र १४ का डकर्मीहरुको सहभागिता रहेको छ । एक वडाबाट दश जना डकर्मीहरुको तालिममा सहभागि हुने आयोजकले जनाएको छ । 

यो कार्यक्रम अन्तरगत जाजरकोट र रुकुम पश्चिम दुई सय डकर्मीहरुलाई तालिम दिने टिम लिडर पाण्डेले जानकारी दिनुभयो । उहाँले यस अघि जाजरकोटको भेरी नगरपालिका र नलगाड नगरपालिकामा भुकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि तालिम सम्पन्न गरिसकेको जनाउनुभयो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा लगत्तै तालिम सञ्चालन गरिने बताईएको छ । 

तालिमको क्रममा भूकम्पबाट प्रभावित पालिकाका एक विद्यालय र स्वास्थ्य चौकी निर्माण समेत गरिने जनाईएको छ । तालिमले स्थानीय युवाहरूमा रोजगारिको सिर्जना गर्ने साथै भूकम्प प्रभावित क्षेत्रमा गरिने पुर्ननिर्माणको लागि आवश्यक दक्ष जनशक्ति समेत उपलब्ध हुने अपेक्षा गरिएको छ ।

WhatsApp-Image-2024-04-20-at-19.06.45_f6b7f2f7-1713628532.jpg
 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्