Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीतिको लागि छलफल

आइतबार, वैशाख ९, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीतिको मस्यौदा उपर  छलफल गरेको छ ।

चौरजहारी नगरपालिकामा सञ्चालित द्वन्द्व पीडितहरुको सामुदायिक मनोसामाजिकिकरणका लागि मनोसामाजिक परामर्श परियोजना अन्तर्गत आईतबार सम्पन्न परियोजना सल्लाहकार समितिको बैठक र योजना प्रक्रियामा मानसिक स्वास्थ्य कार्यक्रमको मुल प्रवाहीकरण कार्यक्रमबाट उक्त नीतिकाे लागि छलफल गरिएको हो । 

आजको कार्यक्रमबाट नीतिको मस्यौदा माथि व्यापक छलफल गरिएको र उक्त नीतिलाई विधान समिति मार्फत नगर कार्यपालिकाको आगामी बैठकबाट आवश्यक संशोधनसहित पारित गरिने नगरपालिकाले जनाएको छ । 

स्वीस राजदुतावास र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा  चौरजहारीमा उक्त परियोजना सञ्चालित छ । आजको कार्यक्रममा परियोजना अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमहरुको समिक्षा समेत गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो । 

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख इश्वरी कुमारी शर्मा बि.एम., निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल, नगर कार्यपालिका सदस्यहरु, सिएमसि नेपाल प्रादेशिक संयोजक हिमाल गैरे, विज्ञ परामर्शदाता बिमल पोखरेल र मनोविद गोपाल बहादुर बोहरा, कार्यपालिका सदस्यहरु र नगरपालिका अन्तर्गतका विभिन्न शाखाका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख राम बहादुर सुनारले गर्नु भएको सिएमसि नेपालका मनोसामाजिक परामर्शकर्ता खिमबहादर महताराले जानकारी दिनुभयो । 

438271402_780330750448436_491908668682206747_n-1713711291.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्