Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा सुरु भयो भूकम्प प्रतिरोधी भवन बनाउने तालिम

आइतबार, वैशाख ९, २०८१
tribeni2
  • सत्य बटाला

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि डकर्मीहरुलाई तालिम सञ्चालन गरिएको छ । 

हेल्भेटास नेपालले स्वीस सरकारले सहयोग र सानीभेरी गाउँपालिकाको आयोजनामा ५० दिने (तह १) तालिम सञ्चालन गरेको हो । सीप तथा पुर्ननिर्माण परियोजना अन्तर्गत सञ्चालित यो तालिम कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको समन्वय र ट्रेस नेपालको सहजिकरणमा सञ्चालन हुने बताईएको छ ।

तालिमको एक कार्यक्रमका बिच सानीभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट र उपाध्यक्ष कमला रोका पुनले शुभारम्भ गर्नुभएको हो ।

भूकम्पपछिको आवास पुनर्निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको हो । तालिम सानीभेरीको तीन ठाउँमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

आज पहिलो दिन १, २, ४ र ७ नम्बर वडालाई लक्षित गरि गिठाकोटमा २० जना डकर्मीहरुको सहभागितामा तालिम सञ्चालन गरिएको छ । एक वडाबाट पाँच जना डकर्मीहरुको तालिममा सहभागि हुने आयोजकले जनाएको छ । 

यो कार्यक्रम अन्तरगत जाजरकोट र रुकुम पश्चिम दुई सय डकर्मीहरुलाई तालिम दिने परियोजनाका टिम लिडर दिनेश पाण्डेले जानकारी दिनुभयो । उहाँले यस अघि जाजरकोटको भेरी नगरपालिका र नलगाड नगरपालिकामा भुकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि तालिम सम्पन्न गरिसकेको जनाउनुभयो ।

तालिममा ढुङ्गा, इँटाको गाह्रो कसरी लगाउने, घरमा डन्डी कसरी राख्ने, झ्याल ढोका कसरी हाल्ने, क्रङ्किटको घर कसरी निर्माण गर्ने भन्नेबारेमा डकर्मीलाई तालिम दिइने छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा पनि हिजो शनिबार देखि तालिम सञ्चालन भैरहेको बताईएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २१:३५
प्रतिक्रिया दिनुहोस्