छोराको एसइईको रिजल्ट पर्खिरहेको बेला जब ब्लड क्यान्सरको रिपोर्ट आयो ...

रुकुमका विज्ञानलाई उपचारको लागि सहयोग गर्न अपील
सोमबार, वैशाख १०, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -५ खहरे घर भई हाल काठमाडौमा बस्दै आएका १६ वर्षिय विज्ञान बुढामगरले हालै एसइई दिएका थिए । बुवा खिमबहादुर बुढा र आमा सुनिता पुन बुढाले छोराले एसइईमा ए प्लस ल्याउने आशा बोकेर रिजल्ट पर्खिरहनुभएको थियो ।

छोराको शैक्षिक उपाधीको रिजल्ट पर्खिरहेका बुढाको दम्पतीले भने प्राणघातक रोग ब्लड क्यान्सरको संक्रमण भएको रिजल्ट सुन्नुपरेको छ । यो खबरपछि उहाँको परिवार अहिले बज्रपात आएको भन्दै विज्ञानको उपचारमा आर्थिक सहयोग गर्न अपील गरिएको छ । 

काठमाडौंको पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा अध्ययनरत विज्ञान स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि काठमाण्डौका विभिन्न अस्पतालहरुमा चेकजाँच गरिएको थियो । बुवा खिमबहादुरले छोराको स्वास्थ्यमा केही समस्या देखिएपछि काठमाडौंका टिचिङ्ग हस्पिटल, मेडिसिटी हस्पिटल, नर्भिक हस्पिटल, मेरिडियन हस्पिटल, नेपाल प्रहरी हस्पिटल, चिरायु हस्पिटल लगाएतका विभिन्न  हस्पिटलमा  चेकजाँच गरेको र शंकास्पद रिपोर्ट देखिएको जानकारी दिनुभयो ।

त्यसपछि चिकित्सक तथा आफन्तको सल्लाह बमोजिम भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर हस्पिटलमा चेकजाँच गराएको र छोरालाई प्राणघातक रोग ब्लड क्यान्सरको संक्रमण देखा परेको उहाँले बताउनुभयो । अस्पतालको यो रिपोर्ट पश्चात स्तब्ध भएको खिमले उल्लेख गर्नुभयो । 

छोराको उक्त रिपोर्टपछि उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, "चैत बैशाखमा नयाँ दिल्लीको तातो खडेरीमा एकाएक साउन, भदौको भेल झैं हाम्रा आँखा आँसुले छछल्किए । ओठमुख पुरै पट्ट सुके, आफुले टेकेको धर्ती भासिए झै भयो । दिउँसै रात परे झै भयो, चिटचिट पसिना आए । बल्लतल्ल बुढाबुढीले एकअर्कालाई सम्हाल्यौ।"

"जवान हुँदै गर्दाको छोरो प्राणघातक रोगसंग लड्दै गर्दा यस्तो अवस्थाको यो खबरले हाम्रा, आफन्त, साथीभाई तथा शुभचिन्तकलाई समेत सुनाएर थप पीडा दिन चाहन्न थियौं । यद्यपि यो रोगको उपचारका लागि हस्पिटलले दिएको लागत उपचार खर्च हाम्रो आर्थिक अवस्था भन्दा कैंयौ गुणा बढी छ । हामी सङ्ग भएको जायजेथा सम्पती सबै जोड्दा समेत उपचारको कूल खर्चको एकचौथाई पनि नभेट्ने अवस्था देखिएकाले सक्दो सहयोगका लागि देश तथा बिदेश सबैतिर रहनुहुने सम्पूर्ण ब्यक्ति, संघ, संस्था, पत्रकार,आफन्त, साथीभाई, ईष्टमित्र, समाजसेवी, राजनैतिक दल, कर्मचारी वर्गमा आफ्नो सक्दो आर्थिक सहयोगका लागि हार्दिक अपील गर्दछौ,"- उहाँले यसरी सहयोगको याचना गर्नुभएको छ । 

सहयोगी तथा मनकारी व्यक्तिहरुले विज्ञानको उपचारको लागि निम्नानुसार सहयोग तथा सम्पर्क गर्न सकिने छ । 

बिरामीको नाम:- बिज्ञान बुढामगर

उमेर:- १६ बर्ष

आमाको नाम :- सुनिता पुन (बुढा)

फोन नं. 9848085146 (Whats app)

फोन नम्बर:- 00918586841480( India )

बैंकको नाम :- कृषि बिकास बैंक

खाता नं. 0210101193111010

खातावालाको नाम : Sunita pun budha

शाखा कार्यालय : ठमेल

बुबाको नाम:- खिम बहादुर बुढा

फोन नं:- 9848061736(Whats app)

स्थायी ठेगाना :- चौरजहारी नगरपालिका-५,खहरे,रुकुम पश्चिम, कर्णाली प्रदेश, नेपाल ।

अस्थायी : काठमाडौ , बाग्मती प्रदेश ।

हाल उपचारार्थ हस्पिटलको नाम ठेगाना:-

- राजिव गान्धी क्यान्सर हस्पिटल

रोहिणी पश्चिम, सेक्टर -5,नयाँ दिल्ली भारत ।

sunita-budha-1713799932.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्