Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानको कपुरकोटमा जीप दुर्घटना, एक जनाको मृत्यु

घाईते पाँच मध्य एक जनाको अवस्था गम्भिर
२०७८ कार्तिक ७
tribeni2

सल्यान / राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोटमा आईतबार बिहान जीप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्वर ३ मुलपानीमा भे १ च १२८० नम्वरको डबल क्याप जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परी सल्यानको बागचौर नगरपालिका १ का १८ बर्षिय आयुष बस्नेतको उपचारको क्रममा दांग लिदै गर्दा मृत्यु भएको छ ।

सल्यानको थारमारेबाट दांग तर्फ जाँदै गरेको जिप आज बिहान ८ बजे दुर्घटना भएको हो । जिप सडकबाट अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर अन्य पाँच जना घाईते भएका छन् । घाईते हुनेहरुमा सल्यानको बागचौर नगरपालिका १ का मनोज बस्नेत, सोहि ठाउँका सीता ओली, बबिता रावल र निजको ११ बर्षकी छोरी एलिसा रेउले रहेका छन् ।

एक जना घाईते पुरुषको नामथर र वतन नखुलेको प्रहरीले जनाएको छ । उनी बेहोस् अवस्थामा रहेका छन् ।

घाईते मध्य बबिता रावलको अवस्था गम्भिर भएपछि नेपालगंज लगिएको छ भने अन्यलाई उपचारको लागि दांग पठाईएको सल्यान प्रहरीले जनाएको छ ।

गाडि चालकको पहिचान हुन नसकेको जनाईएको छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १०:१०
प्रतिक्रिया दिनुहोस्