Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका एक जेष्ठ नागरिक पाँच दिनदेखि बेपत्ता

बिहीबार, वैशाख १३, २०८१
tribeni2

रुकुम पश्चिममा एक जेष्ठ नागरिक पाँच दिनदेखि हराईरहेको बताईएको छ । 

जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर १४ निवासी ७३ वर्षिय कर्णबहादुर पुन पाँच दिनदेखि घरपरिवारको सम्पर्कमा हुनुहुन्न । आफ्नो फुपाजु गत वैशाख ९ गतेदेखि बेपत्ता हुनुभएको स्थानीय नरसिंह पुनले जानकारी दिनुभयो । 

उहाँका अनुसार मानसिक रुपमा समेत अस्वस्थ रहनुभएका पुन हालसम्म फेला पर्नुभएको छैन । वैशाख ९ गते बिहान चौरजहारी नगरपालिका -१४ को नाउली पनेरादेखि चौरजहारी बजार जाने नगरबसमा चढ्नुभएका उहाँ त्यसयता परिवारको सम्पर्कमा आउनुभएको छैन । 

सबै आफन्तहरुले खोजी गर्दापनि उहाँ नभेटिएको नरसिंहले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी चौकी नुवाकोटामा पनि बेपत्ता पुनको खोजीको लागि निवेदन दिईएको छ । 

उहाँलाई देख्ने तथा भेट्नुहुने जो कोहिले नजिकैको प्रहरी कार्यालय तथा आफन्तहरुको सम्पर्क मोबाईल नम्वरहरु ९८६६९१९८७५  वा ९७६९७७९४०० मा सम्पर्क गरिदिनु हुन परिवारजनले आग्रह गर्नुभएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्