रुकुमको मैकोटमा ‘खुस्मा’ को छायाङ्कन सुरु

शुक्रबार, वैशाख १४, २०८१

रुकुम पूर्वकाे मैकोटमा फिल्म ‘खुस्मा’ को दोस्रो चरणको छायाङ्कन सुरु भएको छ ।

अभिनेता सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’ को गत माघमा मनाङमा पहिलो चरण छायाङ्कन सकिएकाे थियाे । बिहीबारबाट फिल्मले दोस्रो चरणको छायाङ्कन रुकुम पूर्वकाे मैकोटमा सुरु गरेको हो ।

निर्देशक अशोक थापामगरले फिल्मको छायाङ्कन सुरु भएको बताउनुभयाे । यो चरणमा फिल्म रुकुमको मैकोट, तकसेरा र कास्कीको पोखरामा गरिने उहाँले जानकारी दिनुभयाे । 

मगर समुदायको परिवेशमा निर्माण हुन लागेको फिल्मले प्रेमकथा कथाका रूपमा उठाएको छ । फिल्मको कथा जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेम बताइन्छ ।  एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक थापामगरले नै तयार पार्नुभएकाे हाे ।रुकुम पूर्व अभिनेता धिरजको जन्मथलो पनि हो । उहाँ त्यहाँबाट २ वर्षको उमेरमा युके जानुभएकाे थियाे । 

डकुमेन्ट्रीबाट निर्देशन थाल्नुभएका निर्देशक थापाले नौ वटा विभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवबाट अवार्ड प्राप्त गरिसक्नुभएकाे छ । फिल्मका निर्माता वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर हुनुहुन्छ ।

फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेकाे छ ।

फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापामगरको गीत  रहनेछ । फिल्मको आगामी असोज ३ गते प्रदर्शन हुने बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ससुरा रिझाउने ‘घरज्वाइँ’
शुक्रबार, वैशाख १४, २०८१

अभिनेता पल शाहले पाए पूर्ण सफाइ
शुक्रबार, वैशाख १४, २०८१