भलिबल जित्नेलाई १६ हजारको खसि

२०७८ कार्तिक ७

रुकुम पश्चिम । जिल्लाको मुसिकोट नगरपालिकामा टोलस्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको वडा नम्वर ७ मा ठुलिदह युवा क्लबले आज खेलमैदान उद्घाटनको अवसरमा उक्त प्रतियोगिता सुरु गरेको हो ।

आज एक कार्यक्रमका बिच वडा अध्यक्ष हिम बहादुर पाण्डेले उक्त खेलको उद्घाटन गर्नुभएको हो । मंगलबारसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ९ ओटा समुहको भाग लिएको आयोजक ठुलिदह युवा क्लबका अध्यक्ष दिपेन्द्र बुढा मगरले बताउँनुभयो ।

प्रतियोगितामा बिजेता टिमले १६ हजार बराबरको खसी र प्रमाणपत्र पाउने समेत अध्यक्ष बुढा मगरले जनाउनुभयो ।

क्लबका अध्यक्ष दिपेन्द्र बुढा मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा ७ नम्वर वडाका वडाअध्यक्ष हिम बहादुर पाण्डेको प्रमुख आतिथ्यता र नेकपा माओबादि केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष जय बहादुर पाण्डेको विशेष आतिथ्यता रहेको थियोे । क्लबका सदस्य राजेश गिरीको स्वागत मन्तब्य रहेको कार्यक्रम को सञ्चालन क्लबका सचिव गणेश ओलिले गर्नुभएको थियो । -लोकेन्द्र कठायत

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १९:१०
प्रतिक्रिया दिनुहोस्