Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
ईन्टरनेट सेवा

ईन्टरनेट सेवा प्रति ग्राहकका गुनासै गुनासा, अब मुसिकोटसम्म अप्टिकल फाईबर जडान हुने

ग्राहकका गुनासाहरु समाधान हुने विश्वास
२०७८ कार्तिक ८
tribeni2

रुकुम पश्चिम / जिल्लामा हाल सञ्चालित बिभिन्न ईन्टरनेट सेवा प्रदायक निकायको सेवा 'झुर' भएको अधिकांश प्रयोगकर्ता ग्राहकहरुको गुनासो रहेको छ । कमजोर इन्टरनेट सेवाको कारण विभिन्न कामहरु प्रभावित भएको भन्दै ग्राहकहरुले सार्वजनिक रुपमा गुनासा गरिरहेका छन् ।

अहिले जिल्लामा नेपाल टेलिकमको एडिएसएलका साथै इन्टरनेट सेवाप्रदाय सस्था वर्डलिंक, एभरेष्ट, सुबिसु लगायतले सेवा दिईरहेका छन् । यी सेवाहरु प्रभावकारी नभएको तथा कमजोर गतिमा रहेको गुनासाहरु प्राय आईरहन्छन् । नेपाल टेलिकम र एनसेलको मोबाईल सिमबाट डाटा लिएर पनि इन्टरनेट चलाउने गरिएको छ । डाटा प्याकले पनि गुणस्तरिय नभएको र पैसा मात्र काट्ने गरेको बताईन्छ ।

प्रभावकारी इन्टरनेट सेवा नभएको गुनासो बढिरहेको बेला रुकुम पश्चिममा अब छिट्टै अपटिकल फाईबर सेवा सुचारु हुने भएको छ ।

त्यसको लागि नेपाल टेलिकमले रुकुम पश्चिमको सदरमुकाम सम्म अप्टिकल फाईबर सेवा जडानको लागि टेण्डर आह्वान भएको जानकारी दिएको छ ।

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, सम्पर्क कार्यालय नेपालगञ्जका प्राविधिक प्रमुख शिव खनालले रुकुम पश्चिम सम्म अप्टिकल फाईबर जडानको लागि केन्द्रबाटै टेण्डर आह्वान भएर आवश्यक प्रक्रियामा गैसकेको जानकारी दिनुभयो ।

मूलपाटीसँगको कुराकानीको क्रममा उहाँले फाईबर जडान भैसकेपछि चाँडै नै सेवा सुरु हुने बताउँनुभयो । ‘टेण्डर आह्वान भएर प्रक्रियामा गैसकेको छ,’ खनालले भन्नुभयो ‘प्राविधिक काम भएकोले यति दिनमा हुन्छ त भन्न सकिन्न, तर छिट्टै हुन्छ ।’

हाल सम्म सल्यानको श्रीनगर सम्म अप्टिकल फाईबर जडान भैसकेको छ ।

अप्टिकल फाईबर जडान पश्चात सेवा सुचारु भएमा नेट स्लो हुने, अवरोध हुने, ग्राहकका गुनासाहरु समेत समाधान हुने विश्वास रहेको नेपाल टेलिकम दुर संचार कार्यालय रुकुम पश्चिमका प्रमुख कृणप्रसाद शर्माले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०७:१०
प्रतिक्रिया दिनुहोस्