Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा मन्त्रिपरिषद् विस्तार

आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी
मंगलबार, वैशाख १८, २०८१
tribeni2

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । कँडेलले मंगलबार एमालेको भागमा परेको कानुन मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । 

तीन दलीय गठबन्धन रहेको कर्णालीमा मुख्यमन्त्री कँडेलले आफ्नो दल एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद कुमार शाहलाई नियुक्त गर्नुभएको छ । यसैगरि उहाँले  सांसद गोमता विकलाई भौतिक राज्यमन्त्री बनाउनुभएको छ । 

यस्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, ऊर्जा तथा जलस्रोत मन्त्रीमा रणसिंह परियार, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही र दुर्ग रावत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री  बन्नुभएको हो । 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्