Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
नवीकरणीय उर्जा

नवीकरणीय उर्जाको लागि दुवै रुकुममा ८८ लाख बजेट स्विकृत (कुन पालिकामा कति ?)

२०७८ कार्तिक ८
tribeni2

काठमाडौं / नवीकरणीय उर्जा प्रविधि जडान कार्यक्रमका लागि रुकुम पश्चिम र रुकुम पूर्वमा ८८ लाख बजेट स्विकृत भएको छ । उर्जा, जलश्रोत तथा सिचाई मन्त्रालयको आर्थिक वर्ष ०७८/०७९ को बार्षिक स्विकृत कार्यक्रममा उक्त योजना र बजेट समावेश भएको हो ।

रुकुम पश्चिमका ६ ओटा स्थानीय तहमा उक्त कार्यक्रमका लागि ६४ लाख र रुकुम पूर्वका तीन ओटा स्थानीय तहमा २४ लाख बजेट स्विकृत भएको मन्त्रालय श्रोतले जनाएको छ ।

प्राप्त जानकारी अनुसार नवीकरणीय उर्जा प्रविधि जडान कार्यक्रमका लागि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र चौरजहारी नगरपालिकामा १२/१२ लाख रकम स्विकृत भएको छ ।

त्यसैगरी मुसिकोट नगरपालिकामा १० लाख बजेट स्विकृत गरिएको छ । जिल्लाका त्रिवेणी, बाँफिकोट र सानीभेरी गाउँपालिकामा पनि सोहि कार्यक्रमका लागि १०/१० लाख बजेट स्विकृत भएको छ ।

रुकुम पूर्वका तीन ओटा गाउँपालिका सिस्ने, भुमे र पुथा उत्तरगंगामा भने ८/८ लाखको दरले उक्त योजना र बजेट स्विकृत भएको उल्लेख गरिएको छ ।

नवीकरणीय उर्जा प्रविधि जडान कार्यक्रम अन्तर्गत बायो ग्याँस, बिद्युतीय चुलो, सुधारिएको चुलो र सौर्य उर्जा लगायतका कार्यहरु पर्नेछन् । सम्बन्धीत पालिकाहरुले गरेको योजना माग पछि मन्त्रालयबाट बजेट स्विकृत भएको बताईएको छ । अब तत्काल सम्बन्धित पालिकाहरुमा बजेट अख्तियारी पठाईने बताईएको छ ।

आर्थिक वर्ष ०७८/०७९ को बार्षिक विकास कार्यक्रमको राष्ट्रिय ग्रामिण तथा नवीकरणीय उर्जा कार्यक्रममा उक्त योजना समाबेश भएको हो । उर्जा जलश्रोत तथा सिचाई मन्त्रालयले प्रकाशन गरेको रातो कितावमा उक्त योजना समाबेश भएको मन्त्रालय श्रोतले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १०:१०
प्रतिक्रिया दिनुहोस्